तीजलाई लक्षित गर्दै फिल्म ‘रोमियो एण्ड मुना’को ‘डानसमा म ए नम्बर’ बोलको गीति भिडियो रिलिज गरिएको छ। गीतमा कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द समावेश छ। गीतमा कोशिस क्षेत्री, मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको छ। भिडियोमा गोविन्द राईको कोरियोग्राफी रहेको छ।
भेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भूषाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ र मेनुका प्रधान लगायत कलाकारहरु फिचरिङ छन्। नरेश कुमार केसीको निर्देशन रहेको फिल्म ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठ र सुष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन्। ‘पि एमजी पिक्चर्स’ र ‘भि मोसन पिक्चर्स’को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा प्रशन्न गोपाली, कविन शाक्य र विनय श्रेष्ठको लगानी रहेको छ। फिल्ममा दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठको छायाँकन रहेको छ।
करिब ९० प्रतिशत छायाँकन सकिएको ‘रोमियो एण्ड मुना’को दुई वटा गीत र केही दृश्यहरु खिच्न बाँकी छ। माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको प्राय: छायाँकन धरानमा गरिएको छ।