मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्रीहरु फिल्म निर्माण पनि अग्रसर हुन थालेका छन् । अनुष्का शर्मा र प्रियंका चोपडापछि अब यो सूचीमा सनी लियोनी पनि थपिएकी छन् । सनीले आफ्ना पति डेनियल वेबरसँग मिलेर सनसिटी मिडिया एण्ड इन्टरटेनमेन्ट नामक कम्पनी दर्ता गरेकी छिन् । यो कम्पनीले सनी अभिनित टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ ।
सनीले लामो समयदेखि आफू र पति डेनियल मिलेर कम्पनी खोल्ने विषयमा सरसल्लाह भइरहेको खुलाइन् । समाचार अनुसार सनी र उनका पति डेनियलले फिल्मलाई विदेशमा विक्रीको काम पनि गर्नेछन् ।
सनी फिल्म बादशाओको आइटम गीत ‘पिया मोरी’मा चाँडै देखिँदैछिन् । केही समय अघि सार्वजनिक यो गीतले बजारमा राम्रो चर्चा पाइरहेको छ । उनी फिल्म तेरे इन्तजारमा अरजबान खानसँग पनि देखिँदैछिन् ।