यो वर्षको प्रतिक्षित फिल्म हो ‘ए मेरो हजुर २’। नायिका झरना थापाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनामान बानियाको मुख्य भूमिका रहेको छ। अहिले दर्शकले यो जोडीलाई खुबै मन पनि पराइरहेका छन्। सार्वजनिक फिल्मको ट्रेलर र गीत हेरेर यो जोडीको प्रशंशा गर्नेहरु पनि धेरै छन्।
साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी नायिका हुन्। उनले पहिलो फिल्म ‘ड्रिम्स’मा नायक अनमोल केसीसँग जोडी बाँधेकी थिइन्। ‘ड्रिस’ रिलिज पुर्व देखिने चर्चामा रहेकी सम्राज्ञीको अभिनय रहेको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ रिलिजको सँघारमा छ। जसले गर्दा पनि उनको चर्चा झनै चुलिदै गएको छ।
त्यस्तै, यसै फिल्मबाट नायक सलिनमान बानियाले फिल्म क्षेत्रमा डेब्यु गर्दै छन्। सलिनको लुक्सलाई लिएर फिल्म नगरीमा अहिले खुबै चर्चा हुने गर्दछ। सलिनमानलाई दर्शकले राइजिङ स्टारको ट्याग समेत दिइसकेका छन्।फिल्मको लागि कसरी जुर्यो सम्राज्ञी-सलिन जोडी ?
नेपाली फिल्मकी लोकप्रिय नायिका झरना थापा कुनै समयको ब्लकबस्टर सिनेमा ‘ए मेरो हजुर’को सिक्वेलबाट निर्देशनमा डेब्यु गर्ने योजनामा थिइन्। ‘ए मेरो हजुर २’मा झरनाले साम्राज्ञीलाई अनुबन्धित गरिसकेकी थिइन्। बोल्ड एण्ड ब्युटी साम्राज्ञीको अपोजिट एक आकर्षक अनुहारको खोजि भइरहेको थियो। झरनाले साम्राज्ञीलाई थुप्रै युवाहरुको फोटो तस्विर पनि देखाईसकेकी थिइन्। फिल्मको कथा अनुसार आकर्षक अनुहार फेला नपार्दा ‘ए मेरो हजुर २’ छायाँकन सुरु हुन सकिरहेको थिएन।
अन्तत: एक दिन सलिनको फोटो झरनाको हातमा पर्यो। झरनाले सम्वन्धित व्यक्तिसँग सलिनको बारेमा जानकारी लिईसकेकी थिइन्। फिल्मको टिमसँग एकदमै नजिकिने झरनाले सलिनाको फोटो पनि साम्राज्ञीलाई देखाईन। फोटो हेर्ने वितिक्कै साम्राज्ञीलाई सलिन मन पर्यो र ‘एस’ भनिदिईन। साम्राज्ञीले सलिनलाई एक फेशन शोमा प्रतक्ष देखिसकेकी थिइन्।झरना र सम्राज्ञीको छनोटलाई अहिले दर्शकले पनि मन पराएका छन्। ‘सुहाना इन्टरटेन्टमेन्ट’को ब्यानरमा निर्माण भएको ‘ए मेरो हजुर २’मा सुनिलकुमार थापाको लगानी छ। फिल्ममा सलिन र साम्राज्ञीका अलावा सलोन बस्नेत, अनुभव रेग्मी, विल्सनविक्रम राई, अम्बर सुवेदी, सुमन पौडेल, बुद्दी तामाङ, अनुवर कुँवर लगायतको अभिनय छ।
भदौ १६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्ममा बसन्त सापकोटा र कल्याण सिंहको संगीत, संजय लामाको छायाँकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द समावेश छ।