काठमाडौं । सानैदेखि ग्ल्यामर क्षेत्रमा रुची राख्ने सुबह आचार्यले १६ बर्षको कलिलो उमेरबाट मोडलिङ करियर सुरु गरेका छन् । नेपालकै पहिलो मोडलिङ एजेन्सीबाट ‘मोडेलिङ प्रोफेशनल ट्रेनिङ’ लिएपछि २ दर्जनभन्दा बढी रेम्प शो आफुलाई प्रस्तुत गरिसकेका सुबह ‘मोडल अफ दि एयर २०१२’ उपाधि जित्न सफल भए । एपेक्स कलेजबाट ग्रेजुएट गरेका सुबह एपेक्स कलेजका ब्रान्ड एम्बासडर पनि रहे ।
म्युजिक भिडियो एव थुप्रै फेशन शुटमा आफुलाई मोडेलको रुपमा प्रस्तुत गरिसके उनी केही समय हिमालयन टेलीभिजनमा भी जेसमेत रहे । भविष्यमा ग्ल्यामर क्षेत्रमा नै जम्ने सोच बनाएका सुबहको लक्ष्य भने ठुलो पर्दा हो । हाल उनी बरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिकिरहेका छन् ।