मुम्बई(एजेन्सी) । बक्स अफिसमा सबै रेकर्डलाई धरासयी बनाएको फिल्म ‘बाहुबली’ र यसको सिक्वेल ‘बाहुबली २’ले रेकर्डको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखिसकेको छ । रिलिजको सय दिन बढी बित्दा पनि कमाईको गति अझै घटेको छैन । हालै मात्र फिल्मको स्ट्रिमिङ राइट्स नेटफ्लिक्सले करिब २५ करोडमा किनेको छ ।
यो सम्झौता बाहुबलीको दुवै भागको लागि भएको छ । नेटफ्लिक्सले आफुहरुले बनाइरहेको लाइब्रेरीमा दर्शक लोभ्याउने किसिमले बनाइएका मनोरञ्जक र ओरिजिनल कन्सेप्टमा बनेका फिल्म र शोलाई राखिँदैछ । नेटफ्क्सिले लिएपछि विश्वको १ सय ९५ देशमा नेटफ्लिक्समार्फत एकसाथ बाहुबली हेर्न सकिनेछ ।
बाहुबलीका निर्माता शोभु यारलगड्डाले आफ्नो फिल्म नेटफ्लिक्समार्फत १ सय ९५ देशमा पुगेको पुष्टि गरे । यो भन्दा अघि नेटफ्लिक्सले आमिर खानको फिल्म ‘दंगल’को ७५ करोडमा स्ट्रिमिङ राइट्स खरिद गरेको थियो ।