मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खानको फिल्म ‘दंगल’ले विश्वव्यापी रुपमा चर्चासँगै पैसा कमाएको कुरालाई कसैले नकार्न सक्दैन । गत वर्षको डिसेम्बरमा रिलिज फिल्मले हालसम्म पनि आफ्नो लोकप्रियतालाई कायमै राखेको छ । यो फिल्मका फ्यानहरुले आफ्नै आफ्नै किसिमको काम गरेर फिल्मको सफलता मनाइसकेका छन् । तर दुबइबाट अहिलेसम्म कतै नसुनिएको नयाँ समाचार दंगलका बारेमा आएको छ ।
दुबइमा दंगल स्पेसल केक बनाइएको छ । जुन बेकरीमा यो केक बनाइएको हो, त्यो बेकरीले विश्वकै सर्वाधिक महंगो केक भनि दाबी गरेको छ । दुबइकै बेकरीमा तयार पारिएको यो केकको मूल्य २५ लाख भनिएको छ । यो केक भारतको ७१ औं स्वतन्त्रता दिवसमा देश प्रति समर्पित गरिनेछ ।
समाचार अनुसार यो केक बनाउनका लागि एक हप्ता पुरा समय लागेको थियो । यो केकलाई १२ सय बढी व्यक्ति मिलेर तयार पारेका थिए । केक बनाउन ४० हजार डलर अर्थात करिब २५ लाख खर्च गरिएको थियो । यो केकमा दंगलको एक सीनको झलक देखाइएको छ । केकमा फिल्ममा महावीर फोगटको भूमिका निर्वाह गरेका आमिर खान फिल्ममा नै दुई छोरी बनेका कलाकारसँग देखिएका छन् । बेकरीको ग्राहकको आग्रह अनुसार बेकरीले केकमा सुनको मेडलको पनि प्रयोग गरेको छ । त्यो मेडलको तौल करिब ७५ ग्राम छ । यो केक करिब २ सय ४० जनालाई आनन्दका साथ पु¥याउन सकिन्छ ।