फिल्म ‘धुम २’को दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘दिल बिचरा’ बोलको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ भने गीतमा टंक बुढाथोकी र संगीता तिमल्सिनाले स्वर दिएका छन्। सार्वजनिक भिडियोमा नवनायिका सिर्जना भट्टराई र जय किशन बस्नेत फिचरिङ छन्। भिडियोमा जय किशनकै नृत्य निर्देशन रहेको छ।
भाद्र ८ रिलिज हुने फिल्म ‘धुम २’ लाई जय किशन बस्नेतले निर्देशन गरेका हुन्। उनले ७ वर्ष अघिको ब्लकबस्टर फिल्म ‘धुम’ भन्दा ‘धुम २’ अझ उत्कृष्ट बनाउने प्रयास गरेको बताएका छन्। त्यसो त यो फिल्म ‘धुम’को सिक्वेल भने होइन। जय किशन भन्छन् ‘मैले केबल ‘धुम’को टाइटलको क्रेटिड मात्र लिएको हुँ।’
नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरी प्रदर्शनमा आउन लागेको यस फिल्ममा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतको अभिनय रहेको छ। फिल्ममा एन.वि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ।