अभिनेत्री समेत रहेकी मोडल प्रतिक्षा खड्का स्टारर नयाँ भिडियो सार्वजनिक भएको छ । ‘पग्लियो पग्लियो’ बोलको गीतमा प्रतिक्षाले सौरभ वलीसँग जोडी बाँधेकी छिन् भने आकाश र सुजनालाई पनि अभिनयमा देख्न सकिन्छ ।
राजेशपायल राई र विन्दु परियारले स्वर भरको गीतले प्रेमभाव बोल्छ । गीतका शब्दहरुले प्रेममा परेका युवायुवतीको कहानी बोल्छन् । गीतको शब्द दिनेश अधिकारीले लेखेका हुन् भने संगीत सुदन थापाले भरेका छन् ।
विपिन आचार्यले एरेञ्ज गरेको गीतलाइ विकास ज्ञावलीले सम्पादन गरेका छन् । टंक केसीले क्यामेरा चलाएका छन् भने भिडियोको निर्देशन मदन खड्काले गरेका छन् ।