अभिनेता दयाहाङ राई र अभिनेत्री रेखा थापा एक साथ पर्दामा देखिने भएका छन्। सञ्चारकमर्की फूलमान वलले निर्देशन गर्ने फिल्म ‘नीरफूल’मा रेखा र दयाहाङले सँगै अभिनय गर्न लागेका हुन्। विहिबार रेखा र दयाहाङले स्क्रिन शेयर गर्न लागेको फिल्म ‘निरफुल’को अफिसियल घोषणा गरीएको हो।
फिल्ममा रेखा र दयाहाङले निर्वाह गर्ने भूमिका भने खुलाइएको छैन। रेखा र दयाहाङ दुवैले ‘नीरफूल’को कथा मन परेकाले फिल्म खेल्न राजि भएको बताए। कार्यक्रमा निर्देशक वलले भूकम्पले प्रभाव परेको परिवारको कथामा फिल्मको निर्माण गर्न लागेको बताए। उनले धादिङमा रहेको रुवी भ्याली भित्रको पात्रहरु टिपेर कथा तयार गरेको खुलाए। ‘तर रुवी भ्यालीकै कथा चाहिं होइन’, उनले थपे।फिल्ममा रेखा र दयाहाङका अलवा शान्ति वाइवा, जिग्मे छ्याइकी घिसिङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल, राजन खतिवडा, सरिता गिरी, लक्ष्मी वर्देवा लगायतको अभिनय रहनेछ। प्रमोद कार्कीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत रहने छ। माया केसी, चन्द्रमाया तामा, दिपक श्रेष्ठ, उदय लामा र दिनेश लम्तारी मगर निर्माताको रुपमा रहेको फिल्मको केही प्रतिशत छायाँकन समेत सकिएको छ।