मुम्बई(एजेन्सी) । बलिउडका मिष्टर परफेक्टसनिष्टका रुपमा परिचित अभिनेता आमिर खानको केही समय अघि सार्वजनिक एउटा समाचार निकै भाइरल बन्यो । उनी र पत्नी किरण रावलाई स्वाइन फ्लु लागेको समाचारले निकै चर्चा पायो । पुनेमा हुन लागेको वाटर कप इभेन्टमा सहभागी हुन जान लागेका बेला स्वाइन फ्लू देखिए पछि आमिर र किरण जान पाएनन् ।
स्वाइन फ्लु देखिएपछि उनी झण्डै एक हप्ता बढीसम्म घरमा नै बसे । तर हालै मात्र उनी सार्वजनिक रुपमा बाहिर देखिएका छन् । उनी मुम्बईको अँधेरीस्थित डबिङ स्टुडियोबाट बाहिर निस्किरहेको अवस्थामा उनलाई पत्रकारले भेटेका हुन् । तस्वीरमा उनी निकै दुब्ला देखिएका छन् । स्वाइन फ्लूकै कारण उनको जिउको तौल घटेको अनुमान लगाइएको छ ।
आमिर हालको समयमा फिल्म ‘ठग अफ हिन्दुस्तान’को काममा व्यस्त छन् । यो फिल्ममा अमिताभ बच्चन, क्याट्रिना कैफ र फातिमा साना शेखको पनि अभिनय छ । विजय कृष्ण आचार्य निर्देशित फिल्म सन् २०१८ को दिवालीमा रिलिज हुनेछ ।