शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ ले राम्रो ओपनिङ गरेको छ । निर्माण घोषणाको समयदेखि नै चर्चामा रहेको फिल्मको मल्टिप्लेक्स तथा सिंगल स्कृन दुबैतिरको ओपनिङ सुखद छ । रिलिजको पहिलो दिन काठमाडौंका मल्टिप्लेक्स तथा सिंगल स्कृनका बिहानी शो तथा दिवा शो मा अधिकांश पर्दा हाउसफूल रहे ।
शुक्रबार फिल्मले ५३ लाखको विजनेस गरेको जानकारीमा आएको छ । हल सञ्चालक तथा वितरण कम्पनिबाट प्राप्त विवरण अनुसार फिल्मले रिलिजको पहिलो दिन देशभरबाट ५३ लाख विजनेस गर्न सफल रह्यो । देशभरका ८० बढि पर्दामा फिल्म रिलिज भएको वितरण कम्पनि डिसिएनले बताएको छ । तर बाढिको चपेटामा परेको पुर्वी नेपालका केहि जिल्लामा भने यो फिल्म रिलिज हुन पाएन ।
मल्टिप्लेक्स तर्फ राजधानीमा क्युएफएक्सले ‘ग्याङ्गस्टर ब्लूज’लाई १३ शो दिएको छ भने बिग सिनेमाले ५ शो दिएको छ । दुबैतर्फ शनिबारको लागी बिहानी तथा दिवा शो का अधिकांश पर्दा अनलाईन बुकिङले हाउसफुल नजिक छन् । निर्माता सरोज न्यौपानेले फिल्मको पहिलो दिनको विजनेसबाट खुशी व्यक्त गरे ।
प्रिमियरको लागी बिहिबार पोखरा पुगेका न्यौपानेले शुक्रबार त्यहाँ स्थित स्थानिय हलका दर्शकमाझ फिल्म युनिट पुगेको बताए । ‘काठमाडौंसहित अन्य जिल्लामा जस्तै पोखरेली दर्शकले दिनुभएको न्यानो साथले उत्साह थपेको छ, बर्ष लामो मेहनत सिद्ध भएको अनुभुती हुँदैछ’, न्यौपानेले थपे । ‘हाम्रो फिल्मका हरेक पात्र ‘नोटिशेवल’ छन्, दर्शकले हलबाट निस्किँदा सबैलाई याद गरेरै निस्किनुभएको छ, दर्शकको सन्तुष्टि नै हाम्रो खुशी हो, उनले भने ।
पोखरामा फिल्मका डेब्यू कलाकार आशिरमान देशराज जोशी मुख्यतः केन्द्र बने । पोखरामा प्रिमियर हुँदा आशिरलाई हेर्नकै लागी दर्जनौं युवतीहरु हल पुगेर पर्खेर बसेका थिए । आशिर र आना शर्मासँगै अभिनेता संयम पुरी क्रेजी युवा पिँढी फिल्मको हेर्न हलमा देखिएका छन् । फिल्ममा आशिरसँगै आनाको कामलाई दर्शकले तारिफ गर्दा संयमबाट दर्शकले सबैभन्दा बढि सन्तुष्टि पोखे ।त्यसो त राजधानीमा बुधबार सम्पन्न प्रिमियरमा नै धेरै फिल्मकर्मीले आशिरलाई भोलीको स्टारको उपमा दिएका थिए । हेमराज बिसी निर्देशित फिल्ममा रोजिशा शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा, आरुणा कार्की लिड रोलमा छन् ।
शुक्रबारको ओपनिङलाई आधार मान्दा फिल्मले शनिबार बर्षातले असर नपारेको खण्डमा ८० लाख माथीको विजनेस गर्ने अनुमान निर्माण युनिटको छ ।