साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित दोश्रो फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट प्रदर्शनमा आउदै छ। पहिलो फिल्म ‘ड्रिम्स’बाट नै स्टार बनिसकेकी उनले अब भने आफुलाई प्रमाणित गर्नु पर्ने बेला भएको छ।
उनि अभिनित पहिलो फिल्म ‘ड्रिम्स’ सुपरहिट भयो। त्यस फिल्ममा उनले नायक अनमोल केसीसँग जोडी बाधेकी थिइन्। त्यसैले पनि ‘ड्रिम्स’ हिट हुनमा साम्राज्ञीको भन्दा अनमोलको बढी हात छ भन्ने प्रतिक्रिया पनि आयो। अझ भनौं साम्राज्ञी समेत नायक अनमोल केसीका कारण चलेकी हुन् भन्ने टिप्पणी पनि गरियो।अब भने साम्राज्ञीलाई त्यस कुरालाई गलत साबित गर्नु पर्ने चुनौती आइपरेको छ। करिव डेढ वर्षको अन्तरल पछि पर्दामा आउन लागेकी उनले ‘दर्शक हालसम्म तान्न साम्राज्ञी पनि उत्तिकै सक्षम छिन्’ भन्ने कुरा प्रमाणित गर्नु छ।
झरना थापाको निर्देशनमा तयार भएको ‘ए मेरो हजुर २’मा साम्राज्ञीको जोडीको रुपमा नव-नायक सलीनमान बनियाँ देखिएका छन्। फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेका छ। सार्वजनिक गीत र ट्रेलरलाई दर्शकले खुबै मन पराइरहेका छन्। साम्राज्ञी र सलिनको जोडीले पनि राम्रो प्रतिक्रिया मिलिरहेको छ। ट्रेलर तथा गीत हिट भएका कारण पनि फिल्म सफल हुनेमा साम्राज्ञीको विश्वास छ।सुनिल कुमार थापाको निर्मणमा तयार भएको फिल्ममा साम्राज्ञी र सलिनका अलवा सलोन बस्नेत, अनुराग कुँवर, अनुभव रेग्मी, बुद्धि तमाङ, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ।
हेर्नुहोस् ‘ए मेरो हजुर २’ को ट्रेलर :