मुम्बई(एजेन्सी) । यस्तो लाग्छ कि फिल्म ‘पद्मावती’का कलाकारहरु सुटिङको समयमा आफ्नो दृश्यलाई उत्कृष्ट किसिमले क्यामरामा कैद गर्न चाहन्छन् । फिल्ममा अलाउद्दीन खिलजीको भूमिका निर्वाह गरिरहेका रणवीर सिंह पनि आफ्नो भूमिकालाई निकै महत्वपूर्ण किसिमले किसिमले मेहनतका साथ निभाईरहेका छन् ।
यो फिल्मको निर्देशन सञ्जय लीला भन्सालीले गरेका छन् । फिल्ममा रानी पद्मावतीको भूमिका दीपिका पादुकोणले निभाईरहेकी छन् । अर्का अभिनेता साहिद कपुर दीपिकाको पति राजा रावल सिंहको भूमिकामा छन् । यो फिल्मको एक दृश्यको सुटिङका क्रममा अभिनेता रजा मुरादले रणवीर सिंहको गालामा थप्पड मानुपर्ने दृश्य थियो ।
यो दृश्यलाई राम्रोसँग खिच्नका लागि निर्देशक सञ्जय लीला भन्सालीले धेरैपटक रिटेक गर्नु प¥यो । जसकारण रणवीरले २४ थप्पड खानुपरेको थियो । रणवीरले पनि आफूले बढी नक्कल पारेकै कारण राजाको धेरै थप्पड खानुपरेको स्वीकारे । यो घटनालाई बताउनका लागि रणवीरले आफ्नो इन्स्टाग्रामको सहारा नै लिनुपरेको थियो । उनले निर्देशक सञ्जयका लागि आफ्नो प्रेम र सम्मान पनि व्यक्त गरेका छन् ।