फिल्म ‘ऐश्वर्य’को पोस्टर सार्वजनिक भएको छ। रमेश उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्मको मंगलबार पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा फिल्मको मुख्य नायक रमेश उप्रेती, नव-नायिका दीपिका प्रसाईं र प्रशान्त ताम्राकार फिचरीङ छन्। पोस्टरमा रमेश उप्रेती र प्रशान्त ताम्राकार रिशाह भूमिकामा प्रस्तुत भएका छन्।
फिल्ममा समावेश ‘तिमि रोएको पल’ बोलको गीत र टिजर सार्वजनिक भइसकेको छ। सार्वजनिक गीतलाई दर्शक-श्रोताले पनि रुचाइरहेका छन्। अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा सुगम पोखरेल अन्जु पन्तले स्वर दिएका छन्।
सार्वजनिक पोस्टरले फिल्मको कथाको थिमलाई प्रस्ट्याउने कोशिस पनि गरेको छ। सार्वजनिक पोष्टरमा पनि टिजर झैँ ऐश्वर्यको लागि रमेश र प्रशान्त विचको टक्करलाई देखाउन खोजिएको छ। फिल्ममा रमेश, दीपिका र प्रशान्तका अलावा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ।
फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीको लगानी रहेको छ। निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ। सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ।