फिल्म नगरिकी एकदमै सुन्दरी नायिका करिश्मा मानन्धरले आफ्नो पढाईलाई निरन्तरता दिने भन्दै कक्षा ९ मा भर्ना भएकी छिन्। ८ कक्षा पढ्दै गर्दा फिल्म नगरीमा होमिएकी करिश्माले मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलमा भर्ना गरेर पढाईलाई निरन्तरता दिन लागेकी हुन्। उनले ग्यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी थिइन्।
औपचारिक शिक्षाको अभाव भएको भन्दै विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न स्कुल भर्ना भएको उनले बताईन। ‘फिल्ममा त पिएचडी नै गरिसके जस्तो लाग्छ’, उनले भनिन् ‘तर औपचारिक शिक्षाको अभाव भयो। त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ।’
करिश्मा अहिले फिल्म क्षेत्रमा भन्दा पनि राजनीतिमा सक्रिय देखिएकी छिन्। उनि अहिले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा आबद्ध छिन्।