महानायक राजेश हमाल अहिले फिल्मको पर्दामा देखिन छोडेका छन्। दुई सय भन्दा बढी फिल्ममा काम गरेका राजेश अहिले भने फिल्म क्षेत्रमा त्यति सक्रिय छैनन्। ५१ वर्षीय उमेरमा मधु भट्टराईसँग बैवाहिक सम्बन्धमा बाधिएका उनि त्यस पश्चात उनि फिल्म क्षेत्रबाट टाढा भएका छन्। उनि हाल श्रीमतीसँगै सुखी जीवन बिताइरहेका छन्।
फिल्म ‘युग देखि युग सम्म’बाट अभिनय यात्रा सुरु गरेका राजेशलाई पहिलो फिल्मले नै सफलता दियो। उनले अभिनय गरेका प्राय: फिल्म सफल छन्। उनको सफल फिल्मको सुचिमा ‘देउता’, ‘चट्याङ’ ‘अपराध’ ‘सडक’, ‘माटो बोल्छ’, ‘साथी’, ‘हामि तिन भाई’, ‘कृष्ण अर्जुन’, ‘चाँदनी’, ‘देउता’, ‘दोबाटो’ लगायत फिल्महरु पर्दछन्।
पछिल्लो समय प्रदर्शनमा आएको उनको फिल्म ‘सकुन्तला’ फ्लप भयो। ‘सकुन्तला’मा उनि महिलाको भूमिकामा देखिएका थिए। ‘सकुन्तला’ भन्दा पहिला उनि अभिनित ‘वाग्मती’ प्रदर्शनमा आएको थियो। उक्त फिल्म पनि फ्लप फिल्मकै सुचिमा छ। लगातार दुई फिल्म भए पछि उनि फिल्म क्षेत्रबाट पाखा लागेका हुन्।
फिल्म क्षेत्रमा नयाँ पुस्ताको आगमन बढेसँगै र नयाँ कलाकारको क्रेज दर्शकमाझ धेरै भएकाले पनि पुराना कलाकारहरु विस्तारै हराउन थालेका छन्। राजेश त्यसको एक उदाहरण हुन्।