असोज ११ गते फिल्म ‘छक्का पन्जा २’ र ‘मंगलम’सँगै आउने प्रदर्शनमा पक्का भएको थियो। छायाँकनको समय देखि नै असोज ११ लाई रिलिज मिति तय गरेको फिल्म ‘छक्का पन्जा २’सँग जुद्न केहि दिन अघि मात्र निर्माता छविराज ओझाले आफ्नो फिल्म ‘मंगलम’को रिलिज मिति पनि असोज ११ तय गरेका थिए।
तर अब छक्का पन्जा २ र मंगलम नजुद्ने पक्का भएको छ। शुक्रबार ‘छक्का पन्जा २’ वितरक एफडी कम्पनी र निर्माता छविराज ओझा बिचको बैठकबाट फिल्म ‘मंगलम’ले आफ्नो रिलिज मिति पछि सारेको हो। असोज ११ गतेलाई प्रदर्शन मिति तय गरि फस्टलुक पोस्टर र गीत सार्वजनिक गरेको फिल्म ‘मंगलम’ अब भने फागुन ४ हुने भएको छ।