पुजा शर्मा अहिलेको समयको चर्चित नाम हो। ‘३ लभर्स’ बाट फिल्म नगरीमा प्रवेश गरेकी उनि अहिलेकी चर्चित नायिकाको सुचिमा पर्छिन्। ‘३ लभर्स’ पश्चात उनले दोश्रो फिल्मको रुपमा ‘मधुमास’मा काम गरिन्। ‘मधुमास’लाई सुदर्शन थापाले निर्देशन गरेका थिए। ‘मधुमास’बाट सुरु भएको सुदर्शन र पुजाको सम्बन्ध अहिले सम्म पनि गाढा छ।
‘मधुमास’बाट जोडिएको सुदर्शन र पुजाको सहकार्य अहिले उनीहरुले निर्माण गर्न लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुगिसकेको छ। उनीहरुको सहकार्य ५ वटा फिल्ममा देखिसकिएको छ। ‘मधुमास’, ‘अझै पनि’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ उनीहरुको सहकार्यमा निर्माण भएका फिल्म हुन्। अब उनीहरु फिल्म ‘म यस्तो गीत गाउँछु २’को निर्माण तयारीमा छन्।
उनीहरुको पहिलो सहकार्य थियो ‘मधुमास’। ‘मधुमास’ पछि उनीहरुले फिल्म ‘अझै पनि’ मा सँगै काम गरे। सुदर्शन थापाले निर्माण गरेको फिल्ममा पुजा मुख्य भूमिकामा देखिएकी थिइन्। फिल्ममा सुदर्शन निर्मातासँगै कलाकार पनि थिए। फिल्मलाई स्वर्गीय निर्देशक आलोक नेवाङले निर्देशन गरेका थिए। यो सुदर्श र पुजाको दोश्रो सहकार्य थियो।
‘अझै पनि’ पश्चात पुजा र सुदर्शनले फिल्म ‘चंखे शंखे पंखे’मा उनीहरुको सहकार्य पुन: देखियो। ‘चंखे शंखे पंखे’मा पुजा मुख्य भूमिकामा देखिएकी थिइन्। फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका थिए। ‘चंखे शंखे पंखे’मा सुदर्शन थापाको पनि मुख्य भूमिका रहेको थियो।
‘चंखे शंखे पंखे’ प्रदर्शन भए लगतै उनीहरुले फिल्म ‘प्रेमगीत’मा सँगै काम गरे। ‘प्रेमगीत’मा पनि पुजा मुख्य भूमिकामा प्रस्तुत थिइन् भने फिल्मलाई सुदर्शन थापाले नै निर्देशन गरेका थिए। त्यस्तै यसै वर्ष प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’मा पनि सुदर्शनले पुजासँग नै सहकार्य गरे। फिल्मकी मुख्य नायिका पुजा नै थिइन्।
अहिले निर्देशक सुदर्शन थापा फिल्म ‘म यस्तो गीत गाउँछु २’को निर्माण तयारीमा छन्। यो फिल्ममा पनि सुदर्शन र पुजाको सहकार्य हुने पक्का भइसकेको छ। सुदर्शनले निर्देशन गर्ने फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पनि पुजा शर्मा मुख्य भूमिकामा देखिने भएकी छिन्। त्यस्तै सुदर्शनले निर्माण गर्ने अर्को नाम नतोकिएको फिल्ममा पनि पुजा शर्मा नै मुख्य भूमिकाको लागि फाइनल भइसकेको बुझिएको छ।
जब पुजा र सुदर्शनको सहकार्य सुरु भयो तब देखि पूजाले अरु निर्माता निर्देशकको फिल्ममा काम गरेकी छैनन्। उनलाई बाहिरी व्यानरबाट अफर नआएको हो या उनले बाहिरी व्यानरमा काम गर्न नचाहेकी हुन् त्यो भने प्रष्ट छैन्। तर पुजा लगातार सुदर्शको फिल्ममा मात्र दोहोरिरहादा उनलाई बाहिरी व्यानरबाट अफर नआएको पो हो कि भन्ने अनुमान लगाउने धेरै छन्। सुदर्शन भने पुजासँगको सहकार्यमा खुसि नै देखिन्छन्।