फिल्म ‘सुनकेसरी’ बन्ने भएको छ। आइतबार अस्ट्रेलियाको सिड्नीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी दिइएको हो। कार्यक्रममा फिल्मको पोष्टर पनि सार्वजनिक गरिएको थियो। नायिका ऋचा शर्माले निर्माण गर्न लागेको उक्त फिल्मलाई अर्पण थापाले निर्देशन गर्ने भएका छन्। ऋचा र अर्पणको यो दोश्रो सहकार्य हो। उनीहरुले यस अघि फिल्म ‘आधा लाभ’ निर्माण गरिसकेका छन्।
फिल्म ‘सुनकेसरी’ निर्माणको लागी अस्ट्रेलियामा बस्दै आएका भिम न्यौपानेले साथ दिएका छन्। लगभग २ करोड लगानी रहने फिल्ममा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतको अभिनय रहने छ। फिल्म फिल्मका मुख्य पत्रहरु र भूतप्रेतबिचको गतिविधीमा आधारित छ।
हाल अस्ट्रेलियामा छायाँकन भइरहेको फिल्मलाई सन् २०१८ भित्र नेपालसंगै नेपाल बाहिर पनि एकसाथ प्रदर्शन गरिने बताइएको छ।