असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पन्जा २’ मा समावेश ‘नाइलनको साडी’मा गीतले युट्युबमा १ करोड भ्युज पाएको छ। दुई महिना अगाडी मात्र सार्वजनिक गरिएको उक्त गीतले फिल्म रिलिज पुर्व नै करोड भ्युज पाएको हो।
अल्मोडा राना उप्रेती र सुजाता वर्माको आवाज रहेको गीतमा प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीको संगीत रहेको छ। गीतमा प्रिन्स नेपाली र दिपकराज गिरीको शब्द समावेश छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
दिपाश्री निरौला निर्देशित फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतको अभिनय रहेको छ। फिल्म निर्माणमा दिपक र दिपासँग विकास आचार्यले पनि सहकार्य गरेका छन्।