अनामनगरमा रहेको मण्डला थिएटरमा आज फिल्म ‘पन्चेवाजा’को सुटिङ भइरहेको थियो। हामी त्यहाँ पुग्दा फिल्मको मुख्य पात्र सौगात मल्ल टेकमा थिए। उनको गेट अप हेर्दा अनि भिन्न लग्थियो। उनि हातमा मसल बोकेर टेक दिइरहेका थिए।
एउटा सानो घर थियो। घर भित्र कोहि मान्छे बोलिरहेको थियो। बाहिर उभिएर सौगात मल्ल बोलिरहेका थिए। उनले भित्र बसेको मान्छे सँग आफ्नो विवाहको माग गरिरहेका थिए। लग्थियो उनि बुवा सँग आफ्नो बिवाह गर्दिन आग्रह गर्दै थिए।
बाहिर उभिएका सौगातले बोल्दै थिए, ‘मेरो बिहेको कुरा गर्नु भन्दा पहिला अरुको कुरो गर्ने लाई जिउदै जलाएर मर्छु। नयाँ खाटमा सुत्ने चाही मेरो मन छैन् होला, के मेरो मन चाही ढुंगाको हो ?’ त्यतिकैमा भित्रबाट आवाज आउँछ ‘ल ल ल तलाई पनि नयाँ खाट बनाइदिउला, पहिला ढोका त खोल।’ सौगात रिसाउदै अर्को डाइलग बोल्छन् ‘अनि नयाँ खाटमा सुत्ने बुहारी चै कसले खोजिदिन्छ?’
सौगात सम्म, कर्म, जस्मिन श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरिरहेका छन्।
यसरी हुदै छ सुटिङ… पुरा भिडियो हेर्नुहोस् :