रमेश उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा नव-नायिका दीपिका प्रसाईलाई पाउन रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको द्वन्द्व देखाइएको छ।
कत्तिक २ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको फिल्मले उक्त मितिमा धेरै फिल्म प्रदर्शनमा आउने बाहे पश्चात आफ्नो प्रदर्शन मिति पछि सारेर कत्तिक ९ गते अर्थत छट पर्वमा पुर्याएको थियो।
यस अघि नै फिल्मको टिजर र एक गीत सार्वजनिक भइसकेको छ। सार्वजनिक फिल्मको ‘तिमी रोएको पल’ बोलको गीत निकै चर्चामा छ भने टिजरलाई पनि दर्शकले रुचाएका छन्।
दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा रमेश, प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतको अभिनय छ रहेको छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीको लगनी रहेको छ।
हेर्नुहोस् ट्रेलर :