गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ओरालो झरेजस्तो’ बोलको गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतमा इश्वर श्रेष्ठको शब्द रहेको छ भने गीतलाई नरेन्द्र बियोगीले एरेन्ज गरेका हुन्।
रिमा विश्वकर्मा र विकाश लामिछाने फिचारीङ भिडियोलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन्। श्रीमान् श्रीमतीले एक अर्काको माया र कामको मर्मलाई नबुझे जीवनले गति लिन सक्दैन। भिडियोमा प्रेमी प्रेमीकाले एक अर्कामा प्रेमको भाषा नबुझ्दा भोग्न परेको कठीनाईलाई देखाउन खोजिएको छ।
उत्सब दाहालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।
हेर्नुहोस् भिडियो :