पछिल्लो पुस्तामा रंगमञ्चच प्रतिको आकर्षण बढ्दो छ । अब यो भन्दा उत्तम हुनसक्छ कि कलाकारिता क्षेत्रमा रहरले आउनेहरु विस्थापितको लाईनमा छन् भने यतिबेला यहि क्षेत्रलाई कर्मथलो बनाउन चाहने अनि करियर नै समर्पित गर्न चाहना बोकेर प्रवेश गर्नेहरुको लाम बढ्दो छ । यो भिडमा यस्तै एउटा नाम हो निश्चल शर्मा ।
भर्खर १६ बर्ष पुग्दै गर्दा एसएलसी सकाएर विज्ञान संकायमा ११ कक्षा पढ्दै गरेकी निश्चल मोडलिङमा सानै उमेरदेखि रुची राख्थिन् । पढाईसँगसँगै मोडलिङलाई अघि बढाउने अनि उपर्युक्त समय र मन बुझ्ने अफर आउँदा म्युजिक भिडियो र फिल्म अभिनयमा अघि बढ्ने सोच बुनेकी निश्चलले यो क्षेत्रको लागी पहिलो खुड्किलो ‘मिस एसएलसी प्रिन्सेज’ प्रतियोगितालाई मान्छिन् । जहाँ उनि सहभागी थिईन् ।
चञ्चले स्वभावकी निश्चल आफ्नो सोचाई र लक्ष्यमा परिवार अनि आफन्तजनको साथ र प्रेरणा मिलेकै कारण अघि बढ्न थप हौसला मिलेको बताउँछिन् । मोडलिङसँगै नोभेलहरु पढ्न, यात्रा गर्न अनि नृत्यमा रुची राख्ने उनि युवा स्टार अनमोल केसीलाई आफ्नो प्रेरणाको श्रोत मान्छिन् । अनमोल निश्चलको रोजाईमा पर्ने पहिलो नम्बरका अभिनेता हुन् ।
यहाँ हेर्नुहोस उनै सुन्दरी निश्चलका केहि तश्विरहरुः