काठमाडौं । नेपाल आईडलका विजेता बुद्ध लामा, फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दासले अष्ट्रेलियाका विभिन्न सहरमा आफ्नो सांगीतिक प्रस्तुति गुञ्जाउने भएका छन् । नेपाली टच अस्ट्रेलियाले सिड्नीसहित प्रमुख सहरमा आयोजन ागर्न लागेको सांगीतिक कार्यक्रममा उनीहरुले प्रस्तुति दिन लागेका हुन् ।
सिडनीमा हुने कार्यक्रम ओलम्पिक पार्क स्पोर्ट्स सेन्टरमा हुदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन् । संभवत यो नै ओलम्पीक पार्कमा पहीलो नेपाली कार्यक्रम हो । एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डिसेम्बर १ मा हुनेछ ।
नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ । जुन कार्यक्रम सिडनीसँगै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।