बलिउड अभिनेता अभिषेक बच्चनको हातमा फिल्म नै छैन । चर्चित अभिनेता अमिताभ बच्चनका छोरा भएपनि अभिषेक खासै बलिउडमा चम्कन सकेनन् । उनै, अभिषेक कहिलेकाही फिल्ममा त आउँछन् तर चल्दैनन् । अभिषेकको बलिउड करिअर खासै सुन्दर हुन नै सकेन ।
केही समयदेखि फिल्म नपाएर घरमै बसेका अभिषेकले अब भने नयाँ फिल्ममा काम गर्न लागेको चर्चा बलिउड बजारमा गर्माएको छ । उनले काम गर्न लागेको नयाँ फिल्मको नाम ‘बच्चन सिंह’ राखिएको छ । यो पूर्णतया कमेडी फिल्म हो ।
यो फिल्ममाई कमेडी फिल्म निर्देशनमा सफलता पाइसकेका प्रियादर्शनले निर्देशन गर्दैछन् । अभिषेकको थरलाई लिएर फिल्म बनाउन लागिएको यो पहिलो पटक होइन । यसअगाडि उनी, रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म ‘बोल बच्चन’मा देखिएका थिए ।