बलिउडका फ्यानहरुका लागि सधै नै एउटा कौतुहलता रहँदै आएको थियो । त्यो के भन्दा, बलिउडका चर्चित अभिनेता अनिल कपुर र उनकी छोरी सोनम कपुर एकसाथ पर्दामा कहिले देखिनेछन् ।
अनिल र सोनमलाई पर्दामा एकसाथ देख्न चाहने दर्शकको लामो समयदेखिको चाहना अब पुरा हुने भएको छ । अनिल आफ्ना छोराको साथमा त एउटा फिल्ममा देखिदैछन् ।
छोरी सोनमको साथमा उनी फिल्म ‘एक लड्कीको देखा तो ऐसा लगा’मा देखिन लागेको बलिउड मिडियाले बताएका छन् । यो फिल्मलाई निर्माता विधु विनोद चोपडाले निर्माण गर्दैछन् ।
निर्माता चोपडाले भनेका छन्–‘यो एउटा ठूलो फिल्म हो । खुशीको कुरा यो पनि छ कि, अनिल यो फिल्ममा काम गर्न राजी भएका छन् । अब, अनिल र सोनम एकसाथ फिल्ममा देखिदैछन् ।’
यो फिल्मको टाइटल जुराउनुको पछाडि पनि रोचक कथा छ । सन् १९९४ मा रिलिज भएको फिल्म ‘१९४२ ए लभ स्टोरी’मा अभिनेता अनिल कपुर र मनिषा कोइरालाले अभिनय गरेका थिए । यो फिल्ममा यो गीत समावेश थियो ।