यूएइको अवुधाबीमा डिसेम्बर १ तारिखमा ‘दोश्रो नेपाली म्यूजिक भिडियो’ अवार्ड आयोजना हुँदैछ । यो अवार्डका लागि करिब ४० जना भन्दा बढी कलाकार, पत्रकार र आयोजकको टोली यूइए जानेछ ।
गतबर्ष पनि संगिक्षा फिल्मस्को आयोजना र नमस्ते ट्राभल्सको सहकार्यमा यो अवार्ड अवुधाबीमा नै आयोजना भएको थियो । यसपटक पनि आयोजकले सोही स्थानमा अवार्ड आयोजना हुन लागेको हो । ‘नमस्ते ट्राभल्स’को टिमले यसपटक पनि अवार्ड भव्य र सव्य हुने बताएको छ ।
काठमाण्डौमा आइपुगेका ‘नमस्ते ट्राभल्स’का एकेन्द्र थापाले यसपटक गतबर्षको भन्दा झनै भव्य अवार्ड आयोजना गर्ने बताए । उनले भने–‘दुबइमा कार्यक्रम गर्न सोचेजस्तो सजिलो भने छैन । तर, हामीलाई यूएइमा रहेका विभिन्न संघसंस्थाले खुलेरै सहयोग गर्नुहुन्छ, यसकारण पनि हामी उत्साहित छौ ।’ यसपटक नेपालबाट जाने कलाकारलाई चार तारे होटलमा राखिने र दुबइमा क्रुज पार्टीमा सहभागी गराउने समेत बताए ।
एकेन्द्रले भने–‘अवार्ड वितरणसँगै गीतसंगीत र नृत्यलाई बढी फोकस गर्न हामीले नेपाल आयोजकसँग भनेका छौ । नमस्ते ट्राभल्सका नानुकाजी अर्यालका अनुसार अवार्डका लागि ३ दिनको सेड्यूल तयार पारिएको छ । उनले अबुधाबीको भ्रमण, दुबइमा क्रुज पार्टी, अवार्ड कार्यक्रम मुख्य आकर्षणमा रहेको बताए । गतबर्ष पहिलो पटक भएकाले धेरै कुरा वुझेका रहेनछौ । यसपटक, सबै कुरामा अवार्ड उत्कृष्ट हुनेछ ।
नेपालबाट पनि यूइएका दर्शकले चाहेको जस्तै प्रस्तुती र अवार्डको सेड्यूलको तयारी गरिएको आयोजक संस्था संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले बताए ।