अभिनेत्री नीशा अधिकारीले फिल्म निर्माण गरेकी छिन् । फिल्म ‘झ्यानाकुटी’लाई मंसिर १ गते रिलिज गर्ने उनको तयारी छ । तर, नीशाको अघिल्ला शैलीका कारण उनको सम्बन्ध मिडियाकर्मीसँग त्यती सुमधुर छैन । जुन कुरा उनको फिल्मको प्रचार सामाग्रीले मिडियामा उचित स्थान नपाउनुले पनि स्पष्ट देखाइएको छ ।
कलाकार भैसकेपछि सामान्य गसिपलाई पनि पचाउन नसकेर मिडियाका विरुद्ध फेसबुकबाजी गर्न नीशा निकै अगाडि छिन् । यसैले, अहिले उनलाई फिल्मको प्रचार गर्न मिडियामा फलामको चिउरा चपाएजस्तै छ ।
नीशाको यस्तै व्यवहारका कारण अभिनेत्री वेनिशा हमाललाई भने अप्ठ्यारो पर्ने पक्का छ । कारण, यो फिल्मको नीशा निर्मात्री हुन्, अभिनेत्री होइनन् । फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री वेनिशा हमालको मुख्य भूमिका छ ।
करिअरको गाडी अगाडि नबढ्दा फिल्म क्षेत्रमा ढुलमुले अवस्थामा रहेकी वेनिशा यो प्रोजेक्टबाट विश्वस्त भएर बसेकी छिन् । तर, आफ्नी निर्मात्रीको कारण अभिनेत्रीले मिडियामा उचित स्थान पाएकी छैनन् ।
यसैले, यो फिल्म नचलेको खण्डमा वेनिशाको करिअर ठूलै संकटमा पर्नेछ । गतबर्ष फिल्म ‘किङ’ नचलेर वेनिशा अप्ठ्यारोमा परेकी थिइन् । के वेनिशाका लागि नीशा परिवर्तन होलिन् ?