‘तिमी रोएको पल तिमीलाई’ बोलको गीत रिलिज भएसँगै चर्चामा रहेको फिल्म ‘ऐश्वर्य’ कात्तिक ९ गतेबाट रिलिज हुँदैछ । फिल्मको टिजर र ट्रेलरले पनि हाइप बनाइसकेको छ । अभिनेता रमेश उप्रेतीको नयाँ लुक, अभिनेत्री दीपिका प्रसाइको बोल्ड अवतार र निकै शक्तिशाली खलपात्र प्रशान्त ताम्राकारका कारण यो फिल्म चर्चामा रहेको हो ।
दिवाकर भट्टराइको निर्देशनमा बनेको फिल्मका केही संवाद यस्ता छन्, जसकाकारण फिल्मलाई हिट बनाउन मद्दत मिल्नेछ । हामीले यहाँ फिल्ममा समावेश केही हिट संवाद प्रस्तुत गरेका छौ ।
१.खेल तेरो ,मैदान तेरो, खेलाडी पनि तेरो तर जित मेरो ।
२. लाईफ ब्ल्याक एण्ड व्हाइट जस्तो मात्र लाग्थ्यो तर आज फिल गर्दैछु लाइफ यति रंगीन रहेछ ।
३. मलाई दुइ वटा कुरादेखि निकै घृणा लाग्छ , सस्तो समान अनि सस्तो मान्छे ।
४. यो संसार जित्नेहरुको हो चाहे जसरि होस् , जित्नेहरुकै नाम हुन्छ ।
५. बिजनेसले टाउको दुखाउछ तर प्रेमले मुटु दुखाउछ ।
६. एकनाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको, मृगलाई हैन मायालाई ताकेको ।
७. शाम दाम दण्ड भेद, चाहे जे सुकै गर्नु परोस् , मलाइ त्यो ऐश्वर्य चाहिएको छ ।