शनिबार भाइटिकासँगै यो बर्षको तिहार नेपालीहरुको घर आँगनबाट बिदा भएको छ । यो बर्षको तिहार पर्व पनि नेपाली फिल्मका कलाकारले उल्लासमय तरिकाले मनाएका छन् ।
कलाकारले फेसबुकमा पोष्ट गरेको तस्बिर हेर्दा पनि उनीहरुले यो बर्षको तिहारलाई भव्य रुपमा मनाएको वुझ्न सकिन्छ ।
नेपाली फिल्मका चर्चित सुपरस्टार अनमोल केसीले यो बर्ष आफ्नी दिदी काजोलसँग भाइटिका लगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । अनमोल दिदीको खुट्टा ढोग्दै गर्दा हाँसेका छन् र उनले दिदीलाई दक्षिणा पनि दिएका छन् ।
अभिनेत्री प्रियंका कार्कीले पनि फिल्म लेखक शान बस्नेतसँग टिका लगाएको तस्बिर सार्वजनिक गरेकी छिन् । शानलाई टिका लगाइदिएपछि सगुन दिदै गरेको तस्बिर प्रियंकाको फेसबुकमा देख्न सकिन्छ ।
अभिनेत्री साम्राज्ञीले आफ्नो सानो भाइसँग टिका लगाइन् । साम्राज्ञी भाइले खुट्टा ढोग्दै गर्दा हाँसेकी छिन् । यी बाहेक, अभिनेत्री स्वेता खड्का, अभिनेता भूवन केसी, अभिनेता पल शाह, अभिनेता दीपकराज गिरी लगायतले पनि भाइटिका लगाउँदै गरेको तस्बिर पोष्ट गरेका छन् ।