८ बर्षपछि पर्दामा एकसाथ देखिने भएपछि अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापाको खुबै चर्चा भयो । जुन दिन फिल्म ‘रुद्रप्रिया’मा काम गर्नका लागि रेखा र आर्यन राजी भए, नेपाली मिडियाका लागि यो ब्रेकिङ न्यूज नै बन्यो ।
८ बर्ष लामो दुश्मनीलाई भुलाउँदै आर्यन र रेखाले अंकमाल गरे र एकसाथ फिल्म खेले । यो फिल्म आर्यन र रेखाको जोडीकै कारण चल्ने धेरैको विश्वास थियो । तर, लक्ष्मीपूजाको दिनदेखि ३ दिनको बिदालाई यो फिल्मले सदुपयोग गर्न सकेन । रेखा र आर्यनको जोडीलाई हेर्नका लागि दर्शकको भीड हलमा त्यस्तो देखिएन । फिल्मले बक्स अफिसमा जुन शैलीको व्यापार गर्छ भन्ने अुनमान लगाइको थियो, त्यस्तो भएन ।
यो फिल्ममा अभिनेता आर्यन सिग्देलको भूमिका हेरेपछि धेरैजना अचम्मित भए । अभिनेता सिग्देलले यस्तो कमजोर भूमिकामा किन काम गरे भन्ने टिप्पणी फिल्म समिक्षक र पत्रकारविच हुने गरेको छ । फिल्ममा आर्यन निकै कमजोर पात्रको रुपमा देखिएका छन् । बरु, उनी भन्दा फिल्ममा खलपात्र राजन इशान फिल्ममा निकै शक्तिशाली छन् ।
आर्यनले यो फिल्ममा चर्को पारिश्रमिक लिएको चर्चा पनि हुने गरेको छ । आर्यनले के यो फिल्म पैसाकै लागि गरेका थिए त ? उनको भूमिका हेरेपछि यसै भन्न कर लाग्छ ।