बलिउडमा कुन फिल्मको कसको भाग्यमा लेखिएको हुन्छ भन्ने नै पत्तो हुँदैन । अहिले, यस्तै भएको छ अभिनेत्री श्रुती हसनको हकमा पनि । अभिनेत्री श्रुती हसनले फिल्म ‘संघमित्रा’मा काम गर्ने पक्का भएको थियो । यो फिल्म एक महिला योद्धाको कथामा निर्माण हुँदैछ । फिल्मका लागि महंगो सेट पनि तयार पारिएको छ ।
श्रुतीले यो फिल्मको फस्टलुक कान्स फिल्म फेस्टिभलमा सार्वजनिक पनि गरेकी थिइन् । तर, अब यो फिल्म उनको हातबाट अभिनेत्री दिशा पटानीको हातमा पुगेको छ ।
दिशाले आफ्नो ट्विटरको माध्यमबाट यो फिल्ममा काम गर्न लागेको जानकारी दिएकी छिन् । उनले, यो फिल्ममा काम गर्न पाउँदा आफू निकै खुशी भएको भन्दै यसको छायांकनको कौतुहलताका साथ प्रतिक्षा गरेको लेखेकी छिन् ।
दिशा यो फिल्ममा एक महिला योद्धाको भूमिकामा देखिदैछिन्, जसले आफ्नो राज्यलाई दुश्मनबाट बचाउनका लागि निकै ठूलो युद्ध गरेकी हुन्छिन् ।