यो बर्ष बलिउडमा २ सय करोडको खडेरी नै लाग्यो । अभिनेता साहरुख खान, सलमान खान, अक्षय कुमार, आमिर खान जस्ता अभिनेताको फिल्मले पनि २ सय करोडको क्लबलाई छुन सकेनन् ।
तिहारमा रिलिज भएको अभिनेता अजय देवगणको मुख्य भूमिका रहेको फिल्म ‘गोलमाल एगेन’ले अब नयाँ इतिहास कोरेको छ । यो फिल्म सन् २०१७ मा रिलिज भएका फिल्ममध्ये २ सय करोड कमाउने पहिलो बलिउड फिल्म बनेको छ ।
यो फिल्मले आइतबार २ सय करोडको आँकडा छोएको हो । रोहित सेट्टीको निर्देशनमा बनेको यो फिल्मलाई दर्शकले रुचाए । सिंगल तथा मल्टिप्लेक्स थिएटरमा फिल्म उत्कृष्ट तरिकाले चल्यो ।
यो फिल्मले चौथो हप्ताको आइतबार १.६९ करोडको कारोबार गर्दै २ सय करोडको आँकडा छोएको हो ।