भारतमा अहिले फिल्म ‘पद्यमावती’लाई लिएर चर्को विरोध भैरहेको छ । विशेषगरि, राजपुत समुह र करणी सेनाले यो फिल्मको चर्को विरोध गरिरहेका छन् । फिल्मको विरोधका कारण डिसेम्बर १ तारिखदेखि रिलिज हुन लागेको फिल्म ‘पद्यमावती’को रिलिज डेट पर सारिएको छ ।
फिल्मकाृे निर्माण कम्पनीले औपचारिक रुपमा नै फिल्म डिसेम्बर १ मा रिलिज नहुने बताएको छ । संजयलिला भन्साली निर्देशित फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र साहिद कपुरको मुख्य भूमिका छ ।
राजपुत सेनाले महारानी पद्यमावतीलाई नकारात्मक रुपमा देखाइएको भन्दै फिल्मको विरोध गरेको हो । फिल्म हलमा पद्यमावती लगाएको खण्डमा आगो लगाइदिने सम्मका विरोधहरु भएका छन् । साथै, निर्देशक भन्सालीको टाउको काटेर ल्याउनेलाई ५ करोड पुरस्कार दिने घोषणा पनि गरिएको छ । यी सबै कुरालाई मध्यनजर राख्दै फिल्मको रिलिज डेट पोष्टपोन्ड गरिएको हो ।