अभिनेत्री सुष्मा कार्कीको परिचय नेपाली फिल्ममा विकिनी लगाएरै बढी भयो । फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै सुष्माले विकिनीलाई नै मुख्य साहारा बनाइन् । केही फिल्ममा उनले अभिनय गरिन् । तर, ती सबै फिल्म उनका लागि करिअर उभो लगाउने साहारा बनेनन् । सुष्माको चर्चा बोल्ड पहिरनका कारण नै भयो ।
आफ्नो पहिरनमा सधै नै खुकुलो बन्दै आएकी सुष्मा फिल्म असफल हुन थालेपछि भने मिडियाबाट टाढा थिइन् । सामाजिक संजालमा आफ्ना विन्दास अवतारका तस्बिर पोष्ट गरेपनि उनले सेक्सी तस्बिर भने पोष्ट गर्न छाडेकी थिइन् ।
तर, फेरि सुष्मालाई सोमबार के झोक चलेछ कुन्नी ? उनले स्विमिङ पूलमा रातो विकिनीमा पौडिदै गरेका तस्बिरहरु पोष्ट गरेकी छिन् । सुष्माको यो हट तस्बिरले अहिले नेपाली मिडियामा पनि चर्चा पाइरहेको छ ।