फिल्म छायांकनको २२ औ दिनमा अभिनेत्री केकी अधिकारीले आफू निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मितिको घोषणा गरेकी छिन् । विशाल भण्डारीको निर्देशनमा अहिले फिल्मको छायांकन बाँकेको कोहलपुरमा भैरहेको छ ।
यो, फिल्म वैशाखको १४ गते रिलिज हुने केकीले लेखेकी छिन् । आउँदो बर्षको वैशाख १४ गते फिल्म रिलिज गर्ने तयारीका साथ काम भैरहेको उनको भनाई छ । यो फिल्ममा केकीको साथमा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मले कमेडीलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने केकीको भनाई छ । यो मितिमा फिल्म ‘लिलिबिली’ पनि रिलिज हुन सक्ने निर्माता गोविन्द शाहीले बताएका छन् ।