निर्देशक सविर श्रेष्ठले फिल्मको छायांकनमा नजाँदै आफूले बनाउन लागेको नयाँ फिल्मको नाम बारम्बार परिवर्तन गरिरहेका छन् । उनले सुरुवातमा लभ स्टोरी फिल्म ‘बाँध मायाले’ बनाउने तयारी गरेका थिए । तर, अहिले फिल्मको नाम परिवर्तन गरिएको छ ।
चलचित्र विकास बोर्डमा त दुई वटा नाम दर्ता गरिएको छ । उनले ‘कसो कसो माया बस्यो’ पनि दर्ता गरेका छन् । तर, उने यसलाई वर्किङ टाइटलको रुपमा लिएका छन् । अब, फिल्मको नाम पक्का गरेका छन् ।
उनले, फिल्मको नाम ‘बाँध मायाले’ पक्का गरेको बताएका छन् । यो फिल्ममा मुख्य भूमिकामा आर्यन अधिकारी र श्रृष्टी श्रेष्ठले काम गर्दैछन् । पहिलो पटक एकसाथ काम गर्न लाग्दा आर्यन र श्रृष्टी पनि उत्साहित छन् । सविरले प्रेमकथाको फिल्म उत्कृष्ट बन्ने दाबी गर्न छुटाएनन् ।