नेपाली फिल्ममा अहिले कोरियोग्राफीमा गम्भिर बिष्टको चर्चा छ । गम्भिर कोरियोग्राफीमा जमेका मात्र छैनन्, नयाँ नयाँ प्रयोग पनि गरिरहेका छन् । गम्भिर फिल्मदेखि म्यूजिक भिडियोको कोरियोग्राफीमा व्यस्त छन् ।
अब, उनै गम्भिर बिहे बन्धनमा बाँधिन लागेका छन् । उनले, केही फिल्ममा अभिनय गरेकी कलाकार तथा मोडल निश्मा घिमिरेसँग बिहे गर्न लागेका हुन् ।
निश्मा र गम्भिर केही बर्षदेखि प्रेम सम्बन्धमा थिए । गम्भिरकै डान्स स्कूलमा नृत्य प्रशिक्षण लिएर निश्मा अहिले त्यही प्रशिक्षक समेत छिन् ।
उनीहरुले, मंसिर ७ गते बिहे गरेर मंसिर ८ गते पार्टीको आयोजना गर्ने तयारी गरेका छन् ।