भर्खरै मात्र रिलिज भएको फिल्म ‘मेला’को सफलताले अभिनेत्री अशिष्मा नकर्मीलाई फाइदा दिएको छ । यो फिल्म हिट भएपछि यसको प्रचारमा खुलेरै लागेकी अभिनेत्री पनि व्यस्त हुनेछिन् । हिट फिल्मको प्रतिक्षामा बसेकी अभिनेत्रीका लागि मेलाले केही राहत दिएकै हो ।
अशिष्मा नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको धेरै बर्ष भएको छैन । तर, पनि उनले आफ्नो एउटा स्थान भने बनाइरहेकी छिन् । उनै, अशिष्मा आज आफ्नो जन्मदिन मनाउँदैछिन् । आफ्नो लगानीमा बनिरहेको एक नेवारी भाषाको फिल्म छायांकनका क्रममा उनी काठमाण्डौ बाहिर छिन् ।
केही फिल्ममा अभिनय गरेकी अशिष्मा अहिले भने व्यस्त हुन थालेकी छिन् । फिल्मी करिअरमा सफलता खोज्दै अगाडि बढेकी अशिष्मालाई जन्मदिनको अवसरमा, ह्याप्पी बर्थ डे ।