फिल्मको व्यापार, कलाकारको पारिश्रमिक सधै नै फिल्म बजारमा चर्चामा रहन्छ । कलाकारहरु आफू चर्चित रहेको जनाउन महंगो पारिश्रमिक लिएको चर्चा त गरिदिन्छन्, तर आफ्नै मुखबाट बोल्न भने सक्दैनन् । सायद, यसरि बोल्दा कर विभागले समात्छ भन्ने उनीहरुलाई लागेको हुनुपर्छ ।
आफू अभिनित फिल्म ‘ए मेरो हजुर २’को शोका लागि अष्ट्रेलिया उड्नु अगाडि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि मिडियाले यही प्रश्न सोधेका थिए । बुधबार बेलुकी त्रिभुवन विमानस्थलमा साम्राज्ञीलाई अभिनेता आर्यन सिग्देलले निर्माण गर्न लागेको फिल्म ‘कायरा’मा १० लाख पारिश्रमिक लिनु भएको हो भनेर प्रश्न सोधियो । यसमा साम्राज्ञीले केही पनि बोल्न मानिन् । उनले, आर्यनजीले यो बिषयमा केही भन्नु भएको छ भनेर आर्यनको राय वुझ्ने कोशिश गरिन् ।
आखिर, किन साम्राज्ञी १० लाख पारिश्रमिकको बिषयमा बोल्न डराइन् ? कतै उनलाई यो बिषयमा बोलेर कर विभागले समात्छ भन्ने डर त थिएन ? नोभेरम्बर २५ तारिख अष्ट्रेलियामा हुने फिल्मको शोका लागि निर्देशक झरना थापा र अभिनेत्री शाह अष्ट्रेलिया उडेका हुन् ।