राजधानीको शिल्पी थिएटरमा वुधबार ‘क्रिटिक्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चलचित्र समिक्षक समाजको आयोजनामा भएको अवार्डमा ३ बर्षको अवार्ड एकैसाथ वितरण गरिएको थियो ।
नेपाली फिल्म, कला, साहित्य र संकृतिको बिषयमा समिक्षा गर्दै आएका समिक्षकहरुको छाता संगठनको रुपमा रहेको नेपाल चलचित्र समिक्षक समाजले यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।
समाजका अध्यक्ष यज्ञसले अरु धेरै अवार्ड आयोजना हुने गरेतापनि समिक्षकहरुले आफूहरुलाई कुने फिल्म र कलाकार उत्कृष्ट लाग्यो भनेर यो अवार्ड गर्ने गरेको बताए । कार्यक्रममा अतिथीहरु निर्देशक यादव खरेल, अभिनेत्री भूवन चन्द लगायतले अवार्ड वितरण गरेका थिए ।
कुन विधामा कुन फिल्म र फिल्मीकर्मीले अवार्ड प्राप्त गरे, यहाँ उल्लेख गरिएको छः
२०७३ :
फिल्म : कालोपोथी
निर्देशक : दीपक रौनियार (सेतो सूर्य)
पटकथा : मीनबहादुर भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)
छायांकन : अजिज जाम्बाकिभ (कालोपोथी)
अभिनेता : विपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)
अभिनेत्री : केकी अधिकारी (लभ सासा)
२०७२ :
फिल्म : पशुपति प्रसाद
निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)
अभिनेता : सौगात मल्ल (फन्को)
अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)
२०७१ :
फिल्म : कबड्डी
निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता : दयाहाङ राई (कबड्डी)
अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
छायांकन : ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन : बनीष शाह र मिलन श्रेष्ठ (ताण्डव)
पार्श्व संगीत: जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)