केही दिनयता नेपाली फिल्मका सुपरस्टार अभिनेता अनमोल केसीको पारिश्रमिकले फेरि एकपटक चर्चा पाएको छ । अभिनेता केसीलाई केही निर्माताले ५० लाखको अफर गरेको चर्चाले फिल्म बजार तातेको छ । करिब डेढ बर्ष अगाडि पनि अभिनेता केसीलाई नै निर्माता सुवास गिरीले २० लाख पारिश्रमिक दिदा यस्तै हंगामा भएको थियो ।
अनमोललाई ५० लाख अफर गर्ने केही निर्माता–निर्देशकको भीडमा अभिनेत्री झरना थापाको नाम पनि मुछिएपछि भने अझ बढी हंगामा भएको हो । वुधबार त्रिुभवन विमानस्थलमा अभिनेत्री झरनाले आफूले अनमोललाई ५० लाखको अफर नै नगरेको बताइन् ।
उनले, यो चर्चा कसरी भयो भन्ने आफूलाई थाहा नभएको बताइन् । तर, अभिनेता भूवन केसी भने झरनाका पति सुनिलकुमार थापा र वितरक मनोज राठीले नयाँ फिल्मका लागि ५० लाखको अफर गरेको बताइरहेका छन् ।
निर्देशक सुरेन्द्र पौडेलदेखि सिमोस सुनवार, साकार ओझा लगायतले ५० लाख अफर गरेको चर्चा छ ।