फिल्म ‘मिस्टर झोले’ पौष २८ गतेबाट रिलिजमा आउँदैछ । फिल्मको गीत र ट्रेलरले हाइप बनाइसकेको छ । फिल्मको निर्माण टोलीले छायांकनका क्रममा पर्दा पछाडिका केहि रमाइला तस्बिर मिडियालाई उपलब्ध गराएको छ । जसमा, निर्देशक रामबाबु गुरुङले कलाकारलाई संवाद सिकाउँदै गरेको देख्न सकिन्छ ।
केहि तस्बिरमा फिल्मकी मुख्य हिरोइन बर्षा राउत मुस्कुराएकी छिन् । बर्षा यो फिल्ममा वुद्दि तामाङकी जोडीको रुपमा देखिएकी छिन् । उनलाई दर्शकले शिक्षिकाको भूमिकामा देख्न सक्छन् । यस्तै, फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनको जोडी जमेको छ । साथमा, विजय बराल, कमलमणि नेपाल लगायतका कलाकारले फिल्ममा काम गरेका छन् ।
टेकेन खड्काले लगानी गरेको फिल्मको कार्यकारी निर्माता रौनकविक्रम कँडेल हुन् ।