नयाँ बर्षमा सबैभन्दा बढी रोमान्टिक बलिउडका कलाकार हुन्छन् । बलिउडका कलाकारले विश्वका विभिन्न कुनामा पुगेर नयाँ बर्ष सेलिव्रेशन गरेका छन् । यो भिडमा बलिउडको हट जोडी अभिनेता टाइगर श्राफ र अभिनेत्री दिसा पटानी पनि छन् ।
यो जोडीले यस बर्षको नयाँ बर्ष माल्दिभ्समा सेलिव्रेशन गरेको छ । माल्दिभ्सको आइसल्याण्डमा पुगेका यी दुइले इन्स्ट्राग्राममा पोष्ट गरेको तस्बिरले अहिले सामाजिक संजालमा आगो लगाएको छ ।
कालो विकिनीमा देखिएकी दिसा र टपलेस टाइगरको तस्बिरले हंगामा मच्चाएको छ । यो जोडी लामो समयदेखि प्रेममा छ । तर, यी दुइले प्रेम कहिल्यै पनि स्विकार गरेका छैनन् । तर, होलिडे मनाउने कुरामा दिसा र टाइगरलाई कसैले पनि सक्दैन ।