बलिउड अभिनेता आमिर खान खासै बाहिर निस्कदैनन् । झन्, फिल्मका लागि कडा मिहिनेत गर्नुपरेको खण्डमा त आमिर खान बाहिर नै आउँदैनन् । आमिर फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा काम गरिरहेका छन् । यो फिल्म तिहारमा रिलिज हुँदैछ । यो फिल्मका लागि आमिरले कडा मिहिनेत पनि गरिरहेका छन् ।
आमिर मुम्बइको बान्द्रास्थिती एक स्पा क्लबमा पुगेका छन् । तर, स्पाबाट बाहिरिदै गर्दा आमिरको तस्बिर क्लिक भयो । नाकमा नत्थी लगाएका आमिरको यो लुक्स फिल्म ‘ठग्स अफ हिन्दुस्तान’का लागि हो । आमिरले यो लुक्सका लागि कडा मिहिनेत पनि गरिरहेका छन् ।
यशराजको ब्यानरमा निर्माण भैरहेको यो फिल्ममा आमिरको अलवा कट्रिना कैफ, अमिताभ बच्चनले अभिनय गरेका छन् ।