बलिउड अभिनेता साहरुख खान आफ्ना सहकर्मी महिला कलाकारलाई निकै माया गर्छन् । उनीहरुको सम्मानमा कुनै पनि किसिमको ठेस नलागोस् भन्ने उनको ध्यान हुन्छ । सन् २०१७ मा बैबाहिक जीवनमा बाँधिएकी अभिनेत्री अनुष्का शर्माले हनिमुन मनाएर आफ्नो काम सुरु गरेकी छिन् ।
उनले अभिनेता साहरुख खानको अभिनय र आनन्द एल रायको निर्देशनमा बनिरहेको फिल्म ‘जीरो’को छायांकन सुरु गरेकी छिन् । तर, जब अनुष्का फिल्मको सेटमा पुगिन् उनलाई अभिनेता साहरुख खानले निकै भव्य तरिकाले स्वागत गरे ।
फूलै फूलको गुच्छा र विराटको फोटो देखेपछि अनुष्का पनि भावूक भइन् । उनले, फिल्मको सेटमा नै साहरुखले आफूलाई विराटको अभाव महशुश हुन नदिएको भन्दै ट्विट गरेकी छिन् । डिसेम्बर २१ तारिखमा रिलिज हुने फिल्ममा साहरुख खान, अनुष्का शर्मा, कट्रिना कैफको मुख्य भूमिका छ ।