अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको बिहेको खबर अब पुरानो भैसक्यो । यो जोडीको बिहेको चर्चा सेलाउन नपाउँदै अब अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको प्रेम जीवनको चर्चा सुरु भएको छ ।
रणवीर र दीपिका बिहे कहिले गर्दैछन् भन्ने खबर मिडियाका लागि चर्चामा छ । यसैविचमा दीपिकाले रणवीरकी हजुरआमालाई भेटेकी छिन् । विरामी रणवीरकी हजुरआमालाई भेट्न दीपिका घर नै पुगेकी थिइन् ।
मिडियामा दीपिकाको ३२ औ जन्मदिनको अवसर पारेर रणवीर र उनले इन्गेजमेन्ट गर्न लागेको खबर पनि सार्वजनिक भैरहेको छ । विराट र अनुष्कापछि अहिले धेरैको ध्यान दीपिका र रणवीरको बिहेतर्फ मोडिएको छ ।