अभिनेता अक्षय कुमारले आफू अभिनित फिल्म ‘केशरी’को फस्टलुक रिलिज गरेपछि ट्विटरमा उनको लुकलाई लिएर खुबै चर्चा भयो । करण जोहरले निर्माण गरिरहेको फिल्मको छायांकन सुरु भैसकेको छ । यो एक ऐतिहासिक कथामा निर्माण हुन लागेको फिल्म हो ।
फिल्मका लागि अभिनेत्री भने फाइनल गरिएको थिएन । तर, निर्माता करण जोहरले निर्मात्रीको नाम पनि सार्वजनिक गरेका छन् । अब, यो ऐतिहासिक कथामा बन्न लागेको फिल्ममा अभिनेत्री परिणिती चोपडाले अक्षयसँग काम गर्ने भएकी छिन् ।
करणले ‘केशरी’मा परिणितीले अक्षयसँग जोडी वाधेको ट्विटरबाट जानकारी दिएका हुन् ।