डी कथामा निर्माण भएको फिल्म ‘होलिडे’को प्रदर्शन मिति अझै तय भएको छैन । तर, फिल्मका केहि तस्बिर पनि सार्वजनिक गरिएको छ । यूरोपमा छायांकन गरिएको यो फिल्ममा गौरव पहारि, वुद्दि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनि ढुंगानाको मुख्य भूमिका छ ।
फिल्मको छायांकन फ्रान्स र बेल्जियममा रमणिय लोकेशनमा गरिएको छ । फिल्मको छायांकनका लागि ९ जनाको टोली यूरोप पुगेको थियो । यूरोप छायांकनको सम्पूर्ण व्यवस्थापनको जिम्मा श्याम श्रेष्ठले लिएका थिए । बी एन फिल्मस्को प्रस्तुतीमा निर्माण भएको यो फिल्ममा मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, हरि कार्कीको लगानी छ ।
दिनेश कालिराज यसका कार्यकारी निर्माता हुन् । अभिमन्यू निरवीले कथा लेखेको फिल्ममा यूवराज चौलागाई र अमित श्रेष्ठको संगीत छ ।